सिद्धबाबाको सँकल्पमा बन्दैछ जनकपुर–चतरा राम सर्किट

समाचार

काठमाडौं, २९ जेठ । अन्नत श्री विभूषीत जगत गुरु रामान्नदचार्य स्वामी रामकृष्णचार्य महायोगी सिद्धबाबा । उनी सिद्दबाबाको नामले समेत परिचित छन् । वराह क्षेत्रको मौलिक तथा साँस्कृतीक रूपमा अगाडी बढाउन उनले राम सर्किटको गुरुयोजना बनाएका छन् ।

पहिलो चरणमा रहेको उनको योजनाको खाका तथा रुपाङ्करण गरेका उनले चतरालाई राम सर्किटसँगै जोड्दै लाखौँ हिन्दु भक्तलाई नेपालको मधेस प्रदेशको जनकपुरधाम हुँदै कोशी प्रदेशको चतरासम्म ल्याउन सक्ने बताएका छन् ।

हिमालय पोष्टसँगको कुराकानीमा उनले नेपाललाई धार्मीक तथा साँस्कृतिक रुपमा जोड्दै अगाडी बढाउन राम सर्किट योजना फलदायी हुने बताउँछन् । उनले नेपाल र भारतामा रहेका लाखौँ मानिस धार्मिक रुपमा पर्यटन गर्न चाहेपनि नेपालमा कुनै सर्कीट नभएकोले नेपालको विविधता बुझाउन नसकेको जानकारी दिए ।

उनले आस्थाको रुपमा रहेको बराह क्षेत्र तथा नेपालको मौलिक सभ्यतासँगै धार्मिक पर्यटन विकास गर्नपर्ने बताउँछन् ।

उनका अनुसार मानव सभ्यताको सुरुवात नै चतराको वराहा क्षेत्रबाट भएको पनि लाखौँ वर्षको इतिहास भएकोले धार्मिक रुपमा सर्किटको माध्यमबाट जोड्न सकेमा पनि यसले फाइदा पुग्ने उनले बताए । आन्तरिक तथा वाह्रिरय पर्यटकको रोजाइमा रहेको नेपालको धार्मीक इतिहासलाई जोड्न मात्र सकेमा देशले आर्थिक फड्को मार्न सक्ने बताउँछन् ।

के हो राम सर्किट गुरु योजना ?

सिद्दबाबाका अनुसार विवाह पञ्चमी तथा अन्य धार्मिक रुपमा पदयात्रा गर्दै जनकपुरधाम आउने पर्यटकलाई बराहको चतरासम्म जोड्नु नै राम सर्किटको गुरुयोजना भन्छन् । कागजमा हातले रेखाङ्कन गरेका उनले जनकपुरधामदेखि कसरि कहाँ देखि कतासम्म जोड्ने अन्तिम खाका बनाइसकेको बताएका छन् ।

उनका अनुसार जनकपुरधाम देखि ढल्केवरसम्म रोड बनिसकेको छ । जुन रोडलाई उनले ढल्केबर देखि सिन्धुलीको भिमानसम्म जोडेका छन् भने त्यहाँबाट बनेको करिरोडलाई कटारीसम्म जोडेका छन् ।

भिमानबाट कमला हुदै कटारी त्रीयुवाहुँदै चतरासम्मको बाटोलाई राम सर्किटको पहिलो यात्रा बताएका छन् । त्यस्तै उनले दोस्रो चरणमा कटारीबाट मैनामैनी, गाइघाट रामधुनी हुँदै इनरुवा, भान्टाबारीसँगै भारतको बोडर एनएचमा गएर जोडिने सडक तयार रहेको समेत बताएका छन् ।

उनका अनुसार यसरी जोडिएको बाटो हुँदै कटारीबाट सिधै दुध कुण्ड जान सकिन्छ । ताप्लेजुङसम्ममा पुग्न सकिन्छ । हलेसी पुग्न सकिन्छ । त्यस्तै नेपालका प्रख्यात स्थानसम्मको ठाउँ पुग्न सकिने उनले बताए । यसरी जोडिदा मानिस नेपालको सौन्दर्यता तथा नेपालको भौगोलीक आनन्द उठाउन सकिने बताउँछन् भने धार्मीक रुपमा पनि एक अर्कालाई एकबद्द बनाएर विकास गर्न सकिने बताए ।

उनले यसै दौरान कोशी नदीकिनार तथा तटिय क्षेत्रमा ५१ फिट अग्लो हनुमान जीको मुर्तीको निर्माण कार्य भैरहेको तथा अन्य स्थानलाई पनि उनले धार्मिक रुपमा जोड्दै धार्मिक पर्यटनलाई अगाडी बढाउन पर्ने बताएका छन् । उनले यस राम सर्किट करिव २५० कि.मि लामो हुने बताएका छन् । – हिमालयपोष्ट डटकमबाट साभार

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ