जेठ ३१ गते कोशी प्रदेशसभाको बैठक बस्ने

समाचार

विराटनगर, २९ जेठ । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ