सर्लाही, २९ जेठ । जिल्लाको बागमती नगरपालिका वडा नम्बर १२ मा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
बागमती नगरपालिकामा बस्ने कुमार विकका ४ वर्षका छोरा सलिन विकको विषालु सर्पको टोकाइबाट ज्यान गएको हो ।
आइतबार राति घरमा सुतिरहेकै स्थानमा बालकलाई सर्पले टोकेको थियो । बालको अवस्था गम्भीर बनेपछि बालकलाई राति करिब २ बजे उपचारका लागि सर्लाहीको नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो ।
अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले बालकलाई मृत घोषण गरेको थियो ।
तपाईको प्रतिक्रिया