मटिहानी नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई पंखा र झुल वितरण

समाचार

महोत्तरी, २९ जेठ । मटिहानी नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई निःशुल्क पङ्खा र झूल वितरण गरेको छ ।

मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले एक कार्यक्रमका बीच बढ्दो गर्मी र लामखुट्टेबाट बच्नको लागि ८२ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई आइतबार पङ्खा तथा झुल वितरण गरेका हुन् ।

अत्यधिक गर्मी र लामखुट्टेको प्रकोप बढ्दै गइरहेको समय ज्येष्ठ नागरिकहरूलाई राहत दिने उद्देश्यले नगर स्तरीय कार्यक्रमबाट १ सय ४० जना ज्येष्ठ नागरिकहरूलाई उक्त सामग्री वितरण गरिएको नगर प्रमुख मण्डलले बताए ।

बजेट अभावको कारण यस वर्ष ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई मात्र वितरण भए पनि आगामी आर्थिक वर्षदेखि अन्य ज्येष्ठ सबै नागरिकलाई पङ्खा र झूल वितरण गरिने उनले बताए ।

कार्यक्रममा मटिहानी नगरपालिका उपप्रमुख मन्जु देवी साह, वडा अध्यक्षहरू नाजिर मिया, अब्दुल गफार राईन, मिश्री नायक, कलीम अन्सारी, रितेश साह, मदन चौधरी,योजना अधिकृत राजेश कुमार शर्मा लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ