साढे १० किलो गाँजा बरामद

समाचार

सर्लाही, २९ जेठ । मंलगवा नगरपालिका–५ बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ४ सय ९० ग्राम प्रहरीले बरामद गरेको छ ।

सोमबार बिहान प्रहरी चौकी भाँडसरबाट खटिएको प्रहरीलाई देख्ना साथ बीआर ०६ बीके ०१७५ र बीआर ५५ ए ८२०७ नम्बरका २ मोटरसाइकलमा आएका व्यक्तिहरूले मोटरसाइकल छाडी फरार भएका थिए ।

पछि जाँच गर्ने क्रममा उक्त मोटरसाइकलहरूको सिट मुनि लुकाई राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ