खोलामा डुबेर एकको मृत्यु

समाचार

बाँके, २९ जेठ । खजुरा गाउँपालिका–६ पुरैनास्थित मानखोलामा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका–६ सिमलघारी बस्ने १७ वर्षीया लक्ष्मी डांगीको मृत्यु भएको छ ।

साथै उनीसँगै खोलामा नुहाउने क्रममा सोही ठाउँ बस्ने लक्ष्मी नेपालीको छोरा ७ वर्षीय किरन नेपाली डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ