अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद

समाचार

रौतहट, ३० जेठ । जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।

यसैगरी नम्बर ३४ गण कैलालीले जेठ २९ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ चटकपुर ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ