विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरागर्दै उनले पार्टीभित्र धेरै चुनौती र समस्या रहेकाले त्यसलाई पार लगाउन नयाँ नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
चुनौती र समस्याको समाधान गर्न पनि नेतृत्व हस्तान्तरण आवश्यक रहेको भन्दै उनले आवश्यकता अनुसार पार्टीलाई नयाँ नेतृत्व प्रदान गर्न आफूले पहल गरिरहेको बताए ।
नेपाली जनता र पार्टी शुभेच्छुकको चाहना पनि काँग्रेसको नेतृत्व अव नयाँ व्यक्तिले पर्नुपर्छ भन्ने रहेको उनले बताए ।
उनले पार्टी सभापतिसँग आफ्नो कुर्न आग्रह पूर्वाग्रह छैन भन्नुहुँदै उहाँले पार्टीका लागि गरेको योगदानको आफूले सधैँ कदर गर्ने बताए ।
तपाईको प्रतिक्रिया