कैलाली, ३० जेठ । टीकापुर उद्योग वाणिज्य संघले जिल्लास्थित सत्ति भन्सार कार्यालय खक्रौलामा धर्नासहित तालाबन्दी गरेको छ ।
सत्ति भन्सार कार्यालयमा ल्याबसहितको क्वारेन्टाइन हुनुपर्ने माग राख्दै संघले मंगलबार भन्सार कार्यालयमा एक घण्टा धर्नासहित तालाबन्दी गरेको हो ।
सत्ति भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा टीकापुर क्षेत्रका व्यापारीलाई धनगढी र नेपालगन्ज भएर सामान ल्याउनु पर्ने बाध्यता रहेको भन्दै उद्योग वाणिज्य संघ भन्सार कार्यालयमा क्वारेन्टाइन हुनुपर्ने माग राखी आन्दोलनमा उत्रिएको छ ।
सङ्घले यसअघि भन्सार कार्यालय, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय टीकापुरमा ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझाउँदा पनि आफ्ना मागका बारेमा कुनै सुनुवाई नहुँदा सङ्घले नारा जुलुस गर्दै मङ्गलवार भन्सार कार्यालयमा तालाबन्दी गरेको छ ।
तपाईको प्रतिक्रिया