‘स्वअनुशासन भए मात्र सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त हुने’

समाचार

नेपालगन्ज, ३० जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद किशोरसिंह राठौरले स्वअनुशासन भए मात्र सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले मंगलबार नेपालगन्जमा आयोजना गरेको ‘सुशासनका लागि साक्षात्कारमा कार्यक्रम’मा उनले सो कुरा बताएका हुन् ।

उनले सुशासनका लागि अनुशासन अनिवार्य शर्त भएको बताउउँदै जनप्रतिनिधि र कर्मचारीहरूमा स्वअनुशासन भए मात्र सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त हुने बताए ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्रकुमार चौधरीले जनताले अनुभूति गर्ने गरी सुशासन कायम गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सुशासनका लागि उपमहानगर प्रतिबद्ध रहेको बताउँदै सुशासनका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरू एकिकृत हुनुपर्नेमा समेत जोड दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ