जनकपुरधाम, ३० जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभाको विशेष बैठकमा विश्वासको मत लिन लागेका छन् ।
प्रदेश सरकारमा रहेको नेकपा एमाले सरकारबाट बाहिर निस्केर समर्थन फिर्ता लिएको ३० औँ दिनमा मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधान अनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिन भित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ ।
नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेशसभामा १०७ जना प्रदेश सभा सदस्य रहेकाले बहुमतको लागि ५४ जनाको समर्थन आवश्यकता रहेको छ ।
तपाईको प्रतिक्रिया