दुई ट्रक आपसमा ठोक्किँदा एकको मृत्यु

समाचार

कपिलवस्तु, ३० जेठ । बुद्धभूमि नगरपालिका–९ ईमिलीयामा दुई ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

ना.६ ख ६२७६ नम्बरको ट्रक र बा.प्र.०३–००१ ख १७५१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा बा.प्र.०३–००१ ख १७५१ नम्बरको ट्रकको सह–चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ ज्ञानसिम्ठा बस्ने २८ वर्षीय अर्जुन घलानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै ट्रकका चालकलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ