रुपन्देही, ३० जेठ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट सशस्त्र प्रहरीले १ लाख २० हजार ७ सय ४० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको ड्रिल मेशिन, लत्ताकपडा तथा मोबाईल ऐक्सेसरिज सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो ।
बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया