मधेशका मुख्यमन्त्रीले दोस्रो पटक पाए सर्वसम्मत विश्वासको मत

समाचार

जनकपुरधाम, ३० जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक प्रदेश सभाबाट सर्वसम्मत रुपमा विश्वासको मत पाएका छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि मत विभाजनद्वारा निर्णय लिँदा यादवको विपक्षमा कुनै मत जाहेर नभएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका हुन् ।

बैठकमा उपस्थित १०३ जना सदस्यहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए ।

नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि मंगलबार ३० औँ दिन मुख्यमन्त्री यादवले विश्वासका मत लिए ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ