करेन्ट सर्ट भई आगलागी हुँदा ११ लाखको क्षति

समाचार

पर्सा, ३१ जेठ । जगरनाथपुर गाउँपालिका–२ पाण्डेपुर टोल बस्ने मन्जु महतो नुनियाको २ वटा कच्ची घरमा करेन्ट सर्ट भई आगलागी भएको छ ।

मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ