२५ लाख भन्दा बढीको अबैध सामान बरामद

समाचार

पर्सा, ३१ जेठ । जिल्लाको बिरगंज महानगरपालिका १० आदर्शनगर ईलाकाबाट २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

२ वटा ठेलामा लोड गरी भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो । 

सामान ल्याउने ब्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी फरार भएका थिए ।

बरामद गरिएको मध्ये विल विजक विनाको सुटिङ्गको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय रुपैयाँको रहेको छ ।

बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार नै बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ