धनुषा, ३२ जेठ । मिथिला बिहारी नगरपालिका–७ तारापट्टी बजारस्थित सोही नगरपालिका–६ बस्ने रामबाबु साहको आर्जु वस्त्रालय कपडा र जुत्ता पसलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको छ ।
आगलागी हुँदा कपडा, जुत्ता, चप्पल र घर समेत गरी करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया