काठमाडौं, ३२ जेठ । सप्तरी जिल्लाको तिरहुत गाउँपालिकामा विपन्न परिवारलाई २७५ थान एलपीजी ग्यास चुल्हो, सिलिन्डर र अन्य सामान वितरण गरिएको छ ।
भारतका महावाणिज्यदूत नितेश कुमार र नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीद्धारा संयुक्तरुपमा हस्तान्तरण गरेका छन् ।
सर्लाही, रौतहट र सप्तरी जिल्लाका विपन्न परिवारलाई भारत सरकारद्धारा कुल तीन हजार सेट ग्यासचुलो र १४.२ केजी सिलिन्डरका साथै नियामक तथा पाइपलगायतका अन्य सामान उपहारस्वरुप प्रदान गरिएको हो ।
यस्तै, सर्लाही जिल्लाको कौदेना नगरपालिकामा यसअघि करिब पाँच सय सेट ग्यासचुलो वितरण गरिएको थियो ।
सो अवसरमा तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव, सप्तरीका एसपी नरेन्द्र कार्की, नेपाल–भारत महिला मैत्री समाजका उपाध्यक्ष राधा कायस्थ, सरोकारवाला नागरिक, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा सामाजिक–आर्थिक जाति गणना सूचीबाट विपन्न परिवारको पहिचान गरिएको सम्बद्ध पक्षको भनाइ छ । सामग्री वितरण प्रक्रियाका लागि समाज कल्याण परिषद्लाई पनि जोडिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया