चोरीपैठारीको सामान तथा अटोरिक्सासहित ३ जना नियन्त्रणमा

समाचार

रुपन्देही, ३२ जेठ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट सशस्त्र प्रहरीले ५ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान तथा अटोरिक्सा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

सोही नगरपालिका बस्ने ३६ वर्षीय गुड्डि मुसलवान र ४८ वर्षीया सिता गुरुङ्ग र सप्तरी जिल्ला घर भई हाल भैरहवा बस्ने २३ बषर््िाय उमेश पासवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

लु १ ह ५२१९ नम्बरको अटोरिक्सामा राखेर भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ६८ जोर जुत्ता सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो ।

बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ