जनकपुरधाम, ३२ जेठ । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आर्थिक सर्वेक्षण २०७९÷८० प्रदेश सभाको बैठकमा पेश गरेका छन् ।
मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश सभामा पेश गरेको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक, सामाजिक सहितका समग्र अवस्थाको विषयहरू समावेश गरेर तथ्यगत चित्रण गरेका हुन् ।
अर्थमन्त्री यादवले पेश गरेको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक वृद्धि दर १.९० प्रतिशत रहनेछ जून सातै प्रदेश भन्दा कम रहेको छ ।
नेपालको प्रति व्यक्ति आय १३९९ अमेरिकी डलर रहेकोमा मधेश प्रदेशको प्रति व्यक्ति आय ८७५ डलर रहेको अर्थमन्त्रीले पेश गरेको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ ।
मधेश प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ७ अर्ब रहने अनुमान गत वर्ष ६ खर्ब ५० अर्ब रहेको थियो ।
मधेश प्रदेशको गार्हस्थ्य उत्पादन १३.१ प्रतिशत रहेको छ । मधेश प्रदेशमा कूल विनियोजन बजेटको चैत्र मसान्तसम्ममा २१.४२ प्रतिशतले खर्च भएको छ ।
तपाईको प्रतिक्रिया