जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आज साँझ ५ बजे आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउन लागेको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा अर्थमन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो ।
प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताइएको छ ।
गत वर्ष मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २०७९÷८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।
तपाईको प्रतिक्रिया