कैलाली, १ असार । कैलारी गाउँपालिका–८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरीलाई विभिन्न हातहतियारसहित पक्राउ परेका छन् ।
एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास १ थानसहित बिहीबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया