मौलापुरमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

समाचार

रौतहट, २ असार । मौलापुर नगरपालिका–५ स्थितबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो पक्राउ पर्नेहरूमा सर्लाही मलङ्गवा नगरपालिका–७ बस्ने ४५ वर्षीय उमेश राय र ६५ वर्षीय मोहन राय रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मौलापुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको युपि ५७ एफ ३२३८ नम्बरको मोटरसाइकलको सिट मुनि उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ