पर्सा, २ असार । वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।
नाईट्राभेट १५ ट्याब्लेटसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय वीर बहादुर स्याङतानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेको ना.३९ प २४५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक स्याङतानलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया