कैलाली, २ असार । गोदावरी नगरपालिका–४ खैरेनास्थित सडकमा एक जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश ३ ०१–०२४ च ५१४८ नम्बरको जिपले से.३ प ८९२५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक डोटी शिखर नगरपालिका–९ बस्ने ३५ वर्षीय राजेन्द्र सिंह खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया