रौतहट, २ असार । बौधिमाई नगरपालिकामा कलमा जडान गरेको मोटरबाट करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
बौधिमाई नगरपालिका–५ कोप्वा बस्ने २५ वर्षीय अरुण साह र सोही ठाउँ बस्ने २६ वर्षीय सितावी पंडितको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।
सोही ठाउँस्थित कलमा जडान गरेको मोटरबाट अरुणलाई करेन्ट लागेको र उनलाई छुटाउन जाँदा सितावीलाई समेत करेन्ट लागी घाइते भएकोमा प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया