जनकपुरधाम, ३ असार । मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् ।
त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एक÷एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो । प्रदेश सभा मामिला र कृषि बाँकी छ ।
जसमा कांग्रेस र एकीकृत समाजवादीमा पार्टीभित्र कसलाई बनाउने टुंगो नलाग्दा दुईवटा समितिमा सभापति यचन गर्न बाँकी छ । केही दिनभित्रै दुवै समितिले सभापति पाउने बताइएको छ ।
तपाईको प्रतिक्रिया