समाजवादी मोर्चा भोलि घोषणा हुने

समाचार

काठमाडौं, ३ असार । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लवको नेकपाले समाजवादी मोर्चा घोषणा गर्न लागेको छ ।

सोमबार चार दलले समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको चार दलको बैठकमा समाजवादी मोर्चा घोषणा गर्ने सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच समाजवादी मोर्चा घोषणा गर्ने सहमति बनेको हो ।

समाजवादी मोर्चाको तयारीमा रहेका दलहरूसँग प्रतिनिधिसभामा ५४ सिट छ । जसमध्ये माओवादी केन्द्रसँग ३२ (बाबुराम भट्टराई नेतृत्वको नेसपाको एक सिट), जसपासँग १२ र नेकपा एससँग १० जना सांसद रहेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ