सर्लाही, ३ असार । चन्द्रनगर गाउँपालिकाले गर्ने बालिका सम्मेलन स्थगित भएको विरोधमा प्रदर्शन गरिएको छ ।
बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरू लगायत अन्य व्यक्तिहरूको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो ।
बालबालिकाहरूले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइँदैन, बाल विवाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइँदैन, बालिका बिरोधी जनप्रतिनिधि तथा नेता चाहिँदैन, लगायतको नारा लगाउँदै प्रदर्शन गरेको छ ।
चन्द्रनगरको कुना कुनाबाट बालबालिका तथा महिलाहरूको जनसागर ओर्लिएर बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।
बाल विवाह सन् २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उद्देश्यका साथ शनिबार नाढिमन तालमा हुने बालिका सम्मेलन तय गरिएको थियो ।
तर, गाउँपालिका उपाध्यक्ष गीतादेवी महतो, वडा नम्बर ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष, वडा नम्बर ४ का वडा अध्यक्ष राजिव सिंह, वडा नम्बर ३ का वडा अध्यक्ष सिताराम महतो लगायतका टोलीले शुक्रबार गाउँपालिकाको कार्यालय अगाडि नाराबाजी सम्मेलन स्थगित गरेका थिए ।
तपाईको प्रतिक्रिया