रुपन्देही, ३ असार । जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट १ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको मख्खन र एउटा मोटरसाईकलसहित सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका ९ बर्मेलिटोल बस्ने ३५ बर्षिय गोपाल आडवानीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा गरेको छ ।
लु ७ प ५७४७ नम्बरको मोटरसाईकलमा राखि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मख्खन प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो ।
यसैगरी सोही ईलाकाबाटसशस्त्र प्रहरीले १ लाख ५ हजार ७ सय ८५ रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
नियन्त्रणमा लिईएको व्यक्ति, सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।
तपाईको प्रतिक्रिया