मटिहानी–७ मा सामुदायिक भवन उद्घाटन

समाचार

महोत्तरी, ३ असार । मटिहानी नगरपालिका–७ मा निर्माण भएको सामुदायिक भवन उद्घाटन भएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आइतबार मटिहानी नगरपालिका वडा नं.७ मा निर्माण भएको सामुदायिक भवनको एक समारोह बीच उद्घाटन गरेका हुन् ।

मन्त्रालयको तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माण भएको चार कोठे पक्की भवन ३५ लाखको लागतमा निर्माण भएको कुरा नगरपालिकाका इन्जिनीयर विमलेश साहले बताएका छन् ।

मटिहानी नगरपालिका वड़ा नं. ७ का वड़ा अध्यक्ष जीतनारायण माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव आभा श्रेष्ठ कर्ण, मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, नेपाल प्रहरी उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख सुकित चौधरी, सशस्त्र प्रहरी नायब उपरीक्षक, मटिहानी नगरपालिकाकÞी उप–प्रमुख मन्जु देवी साह, वडा अध्यक्षज्यूहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ