जबरजस्ती करणी गरेको अभियोगमा रौतहटमा दुई जना पक्राउ

समाचार

रौतहट, ४ असार । जिल्लाको छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका–८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–८ जयराजपुरस्थित झुपडि घरमा ती नाबालिकालाई गत जेठ २८ गते दिउँसो फकिरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वृन्दावन नगरपालिका–१ बस्ने ५० वर्षीय किशोरी राउतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती किशोरीलाई राउत र सोही ठाउँ बस्ने १९ वर्षीय लालु जैसवाल समेतले जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरीले राउतलाई पक्राउ गरेको हो ।

साथै घटनामा संलग्न हाल फरार जैसवालको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ