सिरहामा आगलागीबाट तीन जनाको घर जले

समाचार

सिरहा, ४ असार । लहान नगरपालिका–२१ बेतहा बस्ने बिल्टु साह सहित ३ जनाको घरमा आइतबार राति आगलागी भएको छ ।

आगलागी हुँदा तीनैजनाको घर जलेर करिब १४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ