काठमाडौं, ४ असार । नेपालको पहाडी क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो धन–जनको क्षतिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ध्यानाकर्षण भएको छ ।
सोमबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गरी धन–जनको व्यापक क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
तत्काल राहत हुनुपर्ने केही ठाउँमा ढिलाइ भएको प्रति आफू दुःखी भएको अध्यक्ष ठाकुरले जनाएका छन् । ‘मृतक व्यक्तिप्रति सम्वेदना प्रकट गर्दै क्षतिपूर्ति रकमको व्यवस्था गर्न तथा बेपत्ताको अविलम्ब खोजी कार्य तत्परताका साथ जारी राख्न सरकारसँग आग्रह गर्दछौं,’ उनले भनेका छन् ।
यस घटनालाई ध्यानमा राखी भविष्यमा हुन सक्ने कुनै प्राकृतिक प्रकोपप्रति तीनै तहको सरकारबीच समन्वय गरी गराई तत्कालीन र दीर्घकालीन राहतको लागि पूर्ण तयारी र सजगताका साथ उपस्थित रहन सरकासँग लोसपाले माग गरेको छ ।
तपाईको प्रतिक्रिया