काठमाडौं, ४ असार । नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् ।
सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।
तपाईको प्रतिक्रिया