नागरिकता विधेयक सदनमा ल्याइयोस, ७ दिनमा पास गर्ने जिम्मा हाम्रो : रास्वपा सांसद झा

समाचार

काठमाडौं, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झाले नागरिकता समस्यालाई पुराना दलहरुले विगत तीन वर्षदेखि अल्झाएर राखेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपा सांसद झाले नागरिकताको विषयमा राजनीति नगर्न आग्रह गर्दै विधेयक सदनमा ल्याउनुपर्ने धारणा राखेका हुन् ।

उनले भनेका छन्, ‘विधेयक सदनमा ल्याइयोस, ७ दिनमा पास गर्ने जिम्मा हाम्रो । त्यसका लागि हामी अनसन बसेर भएपानि पारित गराउँछौं ।’

‘२०२० सालको नेपाल नागरिकता ऐन पाँचपटक संशोधन गरिएको थियो। डा. हर्क गुरुङ, धनपति उपाध्याय, महन्थ ठाकुर र जितेन्द्रनारायण देवको संयोजकत्वमा नागरिकतासम्बन्धी चारवटा बेग्लाबेग्लै आयोग र समिति बने। तर, तिनले नागरिकतासम्बन्धी समस्या समाधान गर्नुको सट्टा बल्झाएका थिए ।’ उनले भने ।

उनले थपे, ‘हामी राजनीतिमा आएको एक बर्ष पुगेको छैन, सदनमा पुगेको ६ महिना भएको छैन। तर अहिले त यो सबै राष्ट्रिय स्वतन्त्र पार्टी कै कारण बल्झेको झै गर्छन। कृपया यस्तो फोहर राजनीति नगरौ। बिधेयक सदनमा ल्याइयोस, ७ दिनमा पास गर्ने जिम्मा हाम्रो।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ