जसपा पनि कम्युनिष्ट पार्टी रहेको सिद्ध भयो : तमलोपा वरिष्ठ नेता सिंह

समाचार

जनकपुरधाम, ४ असार । तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा. विजय कुमार सिंहले समाजवादी मोर्चाको गठनलाई कम्युनिस्टहरुको मोर्चाबन्दी भएको बताएका छन् ।

सत्तामाथि पकडको निमित्तको प्रयास भन्दै वरिष्ठ नेता सिंहले यसलाई पुनः एकीकृत कम्यूनिस्ट पार्टीको निर्माणको यात्राको संज्ञा दिएका हुन् ।

“ध्रुवीकरणको निमित्त चलिरहेको निरन्तर बाह्य चलखेलको स्पष्ट संकेत देखिंदै छ ।“ डा. सिंहको टिप्पणी छ ।

उनले “मोर्चाको समझदारी–पत्रमा पूर्ण समानुपातिक निर्वाचन र संविधान संशोधनको बारेमा केही उल्लेख नगरिनु भनेको जसपाले पनि यी महत्वपूर्ण मुद्दालाई तिलांजलि दिएकै हो प्रमाणित हुन्छ ।“ भन्दै “यसबाट जनता समाजवादी पार्टी कम्युनिस्ट पार्टी नै भएको तथ्य स्वतः सिद्ध भएको छ ।“ बताए ।

जसपासँग जोडिएका मधेशको एजेन्डा र लोकतन्त्रप्रति समर्पित लोकतन्त्रवादीहरूको निमित्त अहिलेको समय संवेदनशील भएको र मधेशमा लोकतान्त्रिक शक्तिहरु एक हुनु आवश्यक भएको जोड दिंदै डा. सिंहले “तमलोपा प्रारम्भदेखि नै लोकतान्त्रिक मोर्चाको निर्माणको पक्षमा रहेको र अहिले यसको आवश्यकता अझ बढी देखिएको” प्रति ध्यान आकर्षित गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ