काठमाडौं, ५ असार । नागरिकताविहीनहरुको न्यायका लागि सत्याग्रह (आमरण अनसन) गरिरहेका नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।
सत्याग्रहको चौथो दिनमा उनको स्वास्थ्य अवस्था बिग्रिदै गएको थियो । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सोमबार राति वीर अस्पतालमा भर्ना गरिएको छ ।
लामो समयदेखि जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउन सकेका छैनन् । आफूहरूलाई राज्यले अनागरिक बनाएको भन्दै उनीहरू निरन्तर आन्दोलनमा छन् ।
तिनै नागरिकताविहीन युवालाई हकहित र न्याय दिलाउन माओवादी केन्द्रका नेता शर्मा माइतीघर मण्डलामा शुक्रबारदेखि सत्याग्रहमा बसेका छन् ।
तपाईको प्रतिक्रिया