शिक्षा राज्यमन्त्रीद्वारा नास्टको अनुगमन

समाचार

काठमाडौं, ५ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा अनुगमन गरेकी छन् ।

सोमबार राज्यमन्त्री यादवले ललितपुरको खुमलटारस्थित नास्टको केन्द्रीय कार्यालयमा अनुगमन गर्दै कर्मचारीहरुलाई पूर्णरुपमा लगनशील भई कार्य सम्पादन गर्न उत्प्रेरित गरेकी थिइन् ।

उनले विज्ञान तथा प्रविधि क्षेत्रमा दिनानुादिन भइरहेको परिवर्तन र आजको युग सुहाउँदो प्रविधिबारे चासो राखेकी थिइन् ।

नाष्टका कर्मचारीहरुसँग भेट्दै विज्ञान र प्रविधिका बारेमा नाष्ट गरिरहेको कार्य प्रगति र आगामी योजनाहरु सम्बन्धीसमेत जिज्ञासा राख्दै राज्यमन्त्री यादवले कर्मचारीहरुको हौसला बुलन्द बनाउने काम गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ