भ्रममा नपरौं, नागरिकता मुद्दामा अदालतले कुनै फैसला गरेको छैन : अधिवक्ता ठाकुर

समाचार

काठमाडौं, ५ असार । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज पनि कुनै फैसला गरेन । आज फेरि नागरिकता मुद्दामा हेर्न नमिल्ने अवस्था सिर्जना भएको अधिवक्ता विकास ठाकुरले बताएका छन् ।

अधिवक्ता ठाकुरले हेर्न नमिल्ने भन्नुको अर्थ नागरिकताविहीनहरुको पक्षमा निर्णय नभएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘मिति २०८०/०२/२१ गतेको नागरिकता सम्बन्धि रिटमा सम्मानित सर्वोच्च अदालतको माननीय न्यायाधीश श्री मनोज कुमार शर्माको इजलासबाट अल्पकालीन अन्तरिम आदेश भएको थियो । आज फेरि मनोज कुमार शर्माको इजलाशमा पेशी तोक्नुले यो रिट हेर्न नमिल्ने अवस्था सृजना भएको छ । यो घटनाले गोला प्रणाली माथी पनि विभिन्न खालको प्रश्नहरु जन्माएको छ । यो संयोग मात्र हो कि यसमा चलखेल हो, बुझन बाँकी छ । तर जनताको पिडा उतकर्षमा पुगेको कुरालाइ अदालतले गम्भीर भएर लिनु पर्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ