काठमाडौं, ५ असार । नागरिकताविहीनहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै हस्तक्षेप गरेको छ ।
नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ ।
तर अदालतको अल्पकालीन आदेशका कारण नागरिकताबाट वञ्चित भएको भन्दै निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।
मंगलबार प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गर्दै आन्दोलनकारीमाथि लठीसमेत प्रहार गरेको पीडितहरु बताउँछन् । यता, प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकोले बल प्रयोग गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया