शान्तिपूर्ण धर्नामा प्रहरीले कुटपिट गरे : साफी

समाचार

काठमाडौं, ५ असार । लामो समयदेखि नागारिकताको माग गर्दै शान्तिपूर्ण धर्ना, प्रदर्शन गर्दै आइरहेको नागरिकताविहीनहरुमाथि मंगलबार प्रहरीले बल प्रयोग गर्दै हस्तक्षेप गरेको छ ।

नागरिकताविहीन संघर्ष समिति नेपालका अध्यक्ष ई.इन्द्रजीत साफीले शान्तिपूर्ण धर्नामा प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन् ।

साफीले भनेका छन्, ‘३४ जनालाई पक्राउ, २ जनाको टाउको फुटेर अस्पताल भर्ना, माइतीघरमा हामी शान्तिपूर्ण धर्नामा बसेको अवस्थामा प्रहरीले कुटपिट गरेको छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ