सुदूरपश्चिमका मन्त्रीको निधनको शोकमा सार्वजनिक विदा

समाचार

कैलाली, ६ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा प्रदेशभरि सार्वजनिक विदा दिइएको छ ।

सुदूरपश्चिम सरकारले मंगलबार सवारी दुर्घटनामा निधन भएका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले जनाएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

सँगै दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ