सिकलसेल विज्ञ डा.राजन पाण्डेलाई ‘थारु रत्न’ सम्मान

समाचार

बाँके, ६ असार । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलाई थारू आयोगले ‘थारू रत्न’बाट सम्मान गरेको छ ।

थारू समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सिकलसेल विज्ञ डा. पाण्डेलाई आयोगले थारु रत्नबाट सम्मानित गरेको हो ।

डा. पाण्डे थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको विज्ञसमेत हुन् ।

डब्लुएचओ पेन प्लस कार्यक्रमका सिकलसेल विज्ञ समेत रहेका डा पाण्डेले दिने सुझावले राज्यको नीतिगत व्यवस्थामा फेरबदल हुने गरेको छ ।

रक्तजन्य रोगहरूको नेपाल रणनीतिका मुख्य मस्यौदाकार डा पाण्डेले युरोपियन मुलुकसहित अहिलेसम्म २५ देशमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको अनुगमन, अवलोकनसहित कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।

अहिलेसम्म उहाँ २०७३ सालमा सम्माननीय राष्ट्रपतिबाट प्रबल जनसेवा श्री, २०७८ मा सुप्रवल जनसेवा श्री, २०७८ सालमै सम्माननीय पूर्व राष्ट्रपतिबाट बारबरा फाउण्डेसन पदक तथा पुरस्कार, मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट सम्मानित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ