भाटभटेनी सुपर मार्केट जनकपुरधाममा सञ्चालन

समाचार

जनकपुरधाम, ६ असार । भाटभटेनी सुपरस्टोर मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालनमा आएको छ ।

जनकपुरधामको वडा नंं १४ मुजेलीमा बुधबार सुपर स्टोर प्राइभेट लिमिटेडलाई भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले विशेष पूजापाठको आयोजना गरेर शुभारम्भ गरेका छन् ।

दुई भन्दा बढीको लगानी भएको भाटभटेनी सुपर मार्केटमा उपभोक्तालाई चाहिने हरेक उपभोग्य सामाग्रीहरू एक्कै ठाउँमा उपलब्ध गरेको छ ।

१ विघा भन्दा बढी क्षेत्रफलमा फैलिएको भाटभटेनी सुपर स्टोरमा स्वदेश तथा विदेशमा उत्पादन भएका सम्पूर्ण सामग्रीहरू बिक्रीका लागि राखिएको छ ।

भाटभटेनी सुपर स्टोरको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा निर्माण व्यवसायी एवं जग्गा विक्रेता बलराम महतो रहेका थिए ।

भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएपछि हालका लागि २ सय युवा युवतिलाई रोजगारी मिलेको छ । पूर्ण रुपमा सञ्चालनमा आएपछि यसमा साढे तीनसय जना स्थानीयलाई रोजगारी मिल्ने सञ्चालक गुरुङले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ