वीरगन्ज महानगरको बजेट ३ अर्ब २१ करोड

समाचार

वीरगन्ज, ६ असार । मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाले आर्थिक वर्षका बजेट प्रस्तुत गरेको छ ।

वीरगन्ज महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

महानगरका उपप्रमुख इम्तियाज आलमले बुधबार पेश गरेको बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत रहेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि अनुगमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजस्व बाँडफाँट २ करोड ८७ लाख व्यहोरिने बजेटमा उल्लेख छ ।

प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागी ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

यो बजेट चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा १ अर्ब २३ करोड कम हो । वीरगञ्ज महानगरले चालु आव २०७९/८० मा कुल ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार बजेट विनियोजन गरेको थियो ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ