स्टिल उद्योगमा आगलागी हुँदा चार जना घाइते

समाचार

कपिलवस्तु, ६ असार । शिवराज नगरपालिका–६ बिरपुरस्थित श्री बिजय स्टिल प्रालि बिरपुरमा आगलागी भएको छ ।

फलाम पगाल्ने सिसिएम मेसिनबाट पगालेको झोल एक्कासि उम्लिएर बुधबार बिहान आगलागी हुँदा सोही प्रालिमा काम गर्ने भारत सिद्धार्थनगर थाना लोटन बस्ने २९ वर्षीय गोबिन्द पाण्डे लगायत ४ जना घाइते भएका छन् ।

आगलागीमा परी घाइते भएका उनीहरुको उपचारको लागि संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा लगिएकोमा २ जनालाई थप उपचारको लागि भारतको गोरखपुर पठाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल आँउन बाँकी रहेको छ ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ