बाँके, ७ असार । खजुरा गाउँपालिका–३ मनकामना मन्दिरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीया मनरुपा ढकालको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया