काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको आरोप लगाएका छन् ।
जसपाको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
उनले भने, ‘सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट एकलौटी ढङ्गबाट ल्याइएको हो । सत्तारुढ गठबन्धन दलहरूसँग छलफल नभएकाले बजेटलाई सच्याएर ल्याउनुपर्छ ।’
उनले मधेश प्रदेश लगायतका धेरै ठाउँको बजेटमा उपेक्षा गरिएकोले बजेटमा सुधार गर्नुपर्ने र सच्याउन आवश्यक रहेको बताए ।
अध्यक्ष यादवले समाजवादी मोर्चा नेपालले विगतका कमिकमजोरीहरुलाई सच्याउँदै देखापरेका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने बताए ।
तपाईको प्रतिक्रिया