जनमत पार्टीद्वारा बजेट दहन

समाचार

वीरगन्ज, ७ असार । जनमत पार्टीले संघीय सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको प्रतिलिपि जलाएको छ ।

जनमतका नेता तथा कार्यकर्ताहरूले वीरगञ्जमा जुलुस निकाल्दै ‘मधेशविरोधी बजेट मुर्दावाद’ को नारा बजेटको प्रतिलिपि जलाएका हुन् ।

जुलुसमा जनमतका केन्द्रीय नेता वीपी साह, पूर्वमन्त्री करिमा वेगमलगायतका नेता कार्यकर्ता सहभागी थिए । नेता साहले सरकारले औपनिवेशिक शासनकै शैलीमा मधेशबाट कर लिने तर बजेट नदिएको बताए ।

जनमतका अध्यक्ष डा. सीके राउतले समेत बजेट मधेशविरोधी रहेको भन्दै नसच्याएसम्म पारित हुन नदिने सदनमै चेतावनी दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ